२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङका ४ सय १९ वटा सामुदायीक विद्मालयहरुमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु हुने

दिप्तीशिखा चौधरी, दंगीशरण,पुष ८ ।  दाङ जिल्लाका सबै सामुदायीक बिद्मालयहरुमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु हुने भएको छ ।

विशेषत कक्षा १ देखि ३ सम्मका अपांगता भएका बालबालिकाहरुको पठन सिप सुधार गर्नुे उद्धेश्यले सो कार्यक्रम लागु गर्ने भएको हो ।

यस्तै अपांगता भएका विद्मार्थीहरुलाई गुणस्तरीय शिक्षणको माध्यमबाट अपांगता भएका बालबालिकाहरुको पढाई सीपमा सहयोग पु¥याउन विभिन्न तहको सस्थागत तथा प्राविधिक क्षमता अभिबृद्धि गर्ने , विशेष अपांगता भएका बालबालिकाहरुका लागि तयार गरिएको समावेशी शिक्षणका विभीन्न नमुनाहरुको परिक्षण एंव विस्तार गर्ने उद्धेश्यले प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएरहेको अपांग मानव अधिकार एंव सरोकार मंचका कार्यक्रम अधिकृत कृष्ण चौधरीले बताए ।

अव देखि दाङ जिल्लाका ४ सय १९ वटा सामुदायीक विद्मालयहरुमा यो कार्यक्रम लागु हुनेछ । आधारभुत विद्मालय ३ सय २४ वटा , माध्यमिक विद्मालय ९५ वटा, स्रोत कक्षा संचालन भएको ५ वटा विद्मालयमा कार्यक्रम कार्यान्वयन हुने भएको छ ।

कार्यक्रममा कार्यक्रम सयोंजक प्रकाश नेपालीले सबैका लागि पढाई परियोजनाका कार्यक्रमहरु, कार्यक्रमका मुख्य क्रियाकलापहरु, पालिकाहरुबाट अपेक्षित सहयोगका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अपांगता वा कार्यगत सिमिततम भएका बालबालिकाहरुको कक्षा मै प्रारम्भिक गर्न र पछिको अवस्था बिग्रिनबाट जोगाउन, पहिचान भएका बालबालिकाहरुको तथ्यांकहरु अद्मावधिक गरियोजना निर्माणका लागि सहयोग गर्न , गुणस्तरिय जिवनमा सकारात्मक परिवर्तन ल्याउन प्रारम्भिक पहिचानको आवश्यक रहेको जानकारी दिए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रारम्भिक कक्ष पढाई कार्यक्रम दंगीशरणका सामुदायीक विद्मालयहरुमा पनि संचालन गर्ने सोच बनाएको भन्दै अपांग मानव अधिकार मंच संग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *