पुस ७ । काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको बताएको छ । अहिलेसम्म ८० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको बताएको छ ।
प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार