२०८१ पुष २९ गते सोमवार

महासघंको स्थापना दिवसमा १८ पत्रकार पुरस्कृत

दाङ,पुष ४ । नेपाल पत्रकार महासंघ दाङ शाखाले शुक्रवार २७ औँ स्थापना दिवस मनाएको छ ।

रक्तदान, क्रिकेट प्रतियोगीता र पत्रकारहरुको आँखा जाँच गरेर यस अघि तीन दिन कार्यक्रम गरेको पत्रकार महासंघले शुक्रबार पत्रकार, सञ्चार माध्यम र अक्षकोष स्थापनाकर्ताहरुलाई सम्मान एवं पुरस्कृत गरेर स्थापना दिवस मनाएको हो ।

उक्त अवसरमा १८ जना पत्रकारलाई पुरस्कृत गरेको छ । केसीलाई पत्रकारिता प्रोत्साहन पुरस्कार पंदान गरिएको हो । त्यस्तै यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतम, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार शिबु खनाल, महिला सिर्जनशिल पुरस्कार निरला अर्याल र प्रोत्साहन पुरस्कार अमृता भुसाललाई प्रदान गरेको छ ।

यसैगरी चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, रोशन स्मृति पत्रकारिता पुरस्कार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कार छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कार केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार अमर क्षितिज भण्डारी र ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार ऋषि यादवलाई प्रदान गरिएको छ ।

सामाजिक सेवा पत्रकारिता पुरस्कार प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कार गणेश आचार्य र नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई प्रदान गरिएको महासंघले जनाएको छ ।

पत्रकार महासंघले राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईनलाई संस्थागत पुरस्कार प्रदान गरेको छ । पुरस्कार अक्ष्यकोष स्थापना गर्ने शारदा शर्मा र होताराम अधिकारीलाई सम्मान गरेको छ । पुरस्कृत पत्रकारहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं महासंघका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *