२०८१ जेष्ठ १७ गते बिहिवार

प्रमुख प्रशासकीय अधिकृत केसी माथी आक्रमण

तुलसीपुर,पुष ३ ।  रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर घर गइरहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी माथि राडी बजार नजिकै आक्रमण भएको हो । उनको टाउकामा ४ टाँका लगाइएको छ ।

आठबीसकोट नगरपालिका–३, का गोपाल विकले केसीमाथि आक्रमण गरेको बताइएको छ । गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नं. ३ का अध्यक्ष केशरमान विकका भाइ हुन् । आठबीसकोट नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ।

उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गरेकी छिन्। दुईरतीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति निकालेका छन् ।

कर्मचारीले वडा नम्बर ३ का अध्यक्षको योजनामा गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको बताएका छन् ।
दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तिमाफर्त चेतावनी दिइएको छ। टाउकामा चोट लागेका केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *