तुलसीपुर,पुष ३ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भए पछि विद्यार्थीहरुले सड्क अवरुद्ध गरेका छन ।
बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भए पछि विद्यार्थीले तुलसीपुरको बिरेन्द्र चोकमा सडक अबरूद्व गरेका हुन् ।
तुलसी आवासिय माबिमा विद्यार्थीहरुले विरेन्द्र चोकमा सड्क अवरुद्ध गरेका हुन ।
सड्क अवरुद्ध हुँदा तुलसीपुरमा भित्रिने र बाहिरिने कुनै सवारी चल्न सकेका छैनन् । हत्यारालाई कारवाहिको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार