२०८१ जेष्ठ १६ गते बुधवार

मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा पत्रकार समुह विजय

शिवु खनाल,देउखुरी, पुष २ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ ।

पहिलो टस जीतेर ब्याटिङ् रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनायो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रनको योगदान दिए । सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोडे ।

पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रनको योगदान दिए । पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिएका थिए ।

पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ विकेट लिए । प्रियास्मृती गजमेरले एक विकेट लिए । पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङ्गले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले दश रन, दशरथ घिमिरेले पाँच रनको योगदान दिए ।

प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गरेका थिए । मैत्रिपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंक, गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले सहयोग गरेका थिए ।

राष्ट्रको सर्वाङ्गीन विकासमा खेलको भूमिका महत्वपूर्णः शर्मा
प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन ।

नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे शर्माले खेलकुदको विकासमा वर्तमान सरकारले ध्यान दिएको र खेल क्षेत्र उत्साहित बनेको बताए ।

‘लमहीमा खेलकुद प्रतियोगीता राखेर खेलाडीमा हौसला प्रदान बढेको छ’शर्माले भने–‘खेल क्षेत्रमा हुने विकासमा राष्ट्रको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योग्दान पु¥याउछ ।’

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता भएको कार्यक्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिमबहादुर केसीले खेल क्षेत्रको विकासमा स्थानिय सरकारले लगानी लगाएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघका प्रदेश पार्सद दशरथ घिमिरेले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *