सल्यान,पुष १ । बलात्कारको आरोपमा सल्यानमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
४० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा त्रिवेणी गाउँपालिका ४ का ४२ वर्षीय खिमलाल रेउलेलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक दत्त बहादुर मल्ल र ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी सहायक निरिक्षक रविन शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले कपुरकोट गाउँपालिका ३ कपुरकोट बजारमा हिँडिरहेको अवस्थामा आरोपितलाई पक्राउ गरेको हो ।
गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उनलाई जिला अदालत सल्यानबाट १० दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार