२०८२ असार २४ गते बुधवार

पत्रकार महासघंको स्थापना दिवसमा १८ पत्रकारद्धारा रक्तदान

दाङ,पुष १ । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसका अबसरमा मगंलवार घोराहीमा रक्तदान र शाखा परिसरमा सरसफाई गरेको छ ।

शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १८ जना पत्रकारहरुले रक्तदान गरेका छन् ।

जसमा अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र वली, लक्ष्मी आचार्य, लिलाधर वली, गणेश वली, नविन अभिलाषि, यमकला भुसाल,कमल वली, जनक नेपाली, देवी भण्डारी, लोकराज साधक, जंग रेउले, विवेक खड्का, संगिता चौधरी, छवि पुरी, प्रकाश चौधरी, खड्ग शर्मा र पिताम्वर रिजालले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाईटी द्धारा सञ्चालित घोराही रक्त सञ्चार केन्द्रका प्राविधिकहरु इच्छा वुढा, गोविचन्द्र चौधरी, दिलिप चौधरी र एसोधा थापाको टोलीले महासंघको भवनमा व्लड संकलन गरेको थियो ।

त्यसअबसरमा रक्तदान गर्नेप्रति अध्यक्ष प्रियासनले सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै स्थापना दिवसमा महासघं दाङले पौष २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकार विच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता,पौष ३ गते तुलसीपुरमा निशुल्क आखाँ शिविर र पौष ४ गते घोराहीमा पुरस्कार तथा सम्मान वितरणको आयोजना गरिएको अध्यक्ष प्रियासनले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *