तुलसीपुर,२९ मंसिर ।
दाङको तुलसीपुरबाट ११ जुवाडे पक्राउ परेका छन् । आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउस अबैद्य रुपमा जुवा खेलिरहेको अबस्थामा दिउँसो ३ बजेतिर पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले अबैद्य रुपमा जुवा खेलिरहेका ११ जनालाई ५८ हजार पाँचसय ५० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ३५ बर्षीय टेकबहादुर घर्ती, सोही ठाउँ निवासी ३० बर्षीय कमल घर्ती, सोही ठाउँ निवासी २४ बर्षीय गोकर्ण बुढाथोकी, तुलसीपुर ६ निवासी २४ बर्षीय अजय बस्नेत , तुलसीपुर १८ निवासी २७ बर्षीय लक्ष्मण गिरी, तुलसीपुर ५ निवासी २६ बर्षीय शिब कुमार वली रहेका छन् ।
त्यस्तै तुलसीपुर ५ निवासी २८ बर्षीय सिद्धान्त गुरुङ्ग, सोही ठाउँ निवासी २८ बर्षीय रुपेश कुमार गुप्ता, सोही ठाउँ निवासी २९ बर्षीय सन्दिप सेर्पाईली, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी २८ बर्षीय राजेश कुमार बोहरा, अर्घाखाची सन्दिखर्क नगरपालिका वडा नं. १ हाल तुलसीपुर ५ बस्ने २९ बर्षीय रन्जित श्रेष्ठ रहेको प्रहरी निरीक्षक डमरपालले जानकारी दिए ।
साथै पक्राउ परेका व्यक्तीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।