२०८१ असोज २५ गते शुक्रवार

दाङमा चिसो बढ्यो,शुक्रवार १६ डिग्री तापक्रम

यमकला भुसाल,
तुलसीपुर,२८ मंसिर । दाङ सहित देशभर चिसो बढेको महशुस गरिएको छ । शुक्रवार दाङ तथा आसपासका क्षेत्रमा सामान्य बर्षा पनि भएको छ ।

जल तथा मौसम बिज्ञान फिल्ड कार्यालय दाङका अनुसार शुक्रवार बिहान ४ बजेदेखि मौसम परिवर्तन भएको हो ।

शुक्रवार बिहान ४ बजे देखि ३ बजे सम्मको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको कार्यालयका मौसम अब्जर्वर सिशान्त रावतको जानकारी दिए । जाडो सुरु भएदेखिको यो अधिकतमको कम तापक्रम हो । दाङमा बितेको १२ घण्टामा ५.८ मिलिमिटर पानी परेको उनले जानकारी दिए ।

त्यस्तै बिहिवार १९.२ डिग्री तापक्रम रहेको उनको भनाई छ । जल तथा मौसम पुर्वानुमान फिल्ड कार्यालय दाङका अनुसार यो क्रम अझै एक दुईदिन जारी रहनेछ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *