२०८२ असार ३१ गते बुधवार

प्रावि पोटलीका विद्यार्थीलाई पोषाक वितरण

 तुलसीपुर, मंसिर २७ ।  रोटरी क्लब अफ तुलसीपुर सिटी र रतननाथ सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा स्कूले बालबालिकालाई पोशाक वितरण गरिएको छ ।

रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत पश्चिम दाङको रतननाथ प्राबि पोटलीका कक्षा १, २ र ३ मा अध्ययनरत करिव ८० बालबालिकालाई ब्याग, पोषाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष देवबहादुर केसीको अध्यक्षता तथा रतननाथ सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष घनश्याम उपाध्यायको प्रमुख आथित्यमा ती सामाग्री वितरण गरिएको हो ।

प्रमुख अतिथि उपाध्यायले सेवा नै धर्म भएको बताए । बालबालिका भविस्यका साझेदार भएको हुँदा राज्यले उनीहरुका लागि थप लगानी गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा बिशिष्ट अतिथि रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व असिष्टेन्ट गभर्नर कुशल तर्ताल हरेक संघ संस्थाहरुले यसैगरी सामाजिक उत्तरदायित्व पुरा गर्दै गए गरिव तथा जेहेन्दार विद्यार्थीलाई थप हौसला प्राप्त हुने बताएका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटिका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले बालबालिकालाई स्कुल जाने बेला हौसला र प्रोत्साहन मिलोस भन्ने उद्देश्यले ती सामग्री वितरण गरेको बताए ।

रतननाथ सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष राज कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक टीका शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र कोषाध्यक्ष देवेन्द्र केसीले हातेमालो गर्दै समाजका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण क्लबका सचिब सन्दिपन रिजालले गरेका हुन ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *