२०८१ मङ्सिर १८ गते मङ्गलवार

बहिरा संघका विद्यार्थीलाई कम्मल प्रदान


सन्तोष केसी,
तुलसीपुर, मंसिर २६ । घोराहीस्थित सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा सङघको होस्टेलमा बस्दै आएका विद्यार्थीका लागि कम्मल वितरण गरेको छ । बिहीवार उद्योगका प्रतिनिधिले साना बालबालिकालाई प्रयोग गर्न सजिलो होस भनेर तीस हजार मुल्य बराबरको ७० थान कम्मल हस्तान्तरण गरिएको छ ।

कम्मल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यातायात ब्यबसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले उद्योगले असहाय बालबालिकालाई जाडोबाट जोगाउन कम्मल वितरण गरेको प्रति अभार व्यक्त गरे । हमालले भने–‘ठूलाले सानालाई माया गर्रौं,धनिले गरिवलाई सक्दो सहयोग गर्नु नै मानवता हो ।,’

हमालले होस्टेलमा बस्दै आएका विद्यार्थीलाई चाडपर्वमा घर जान आउन समस्या भएमा उनीहरुलाई घर आउने जाने व्यवस्था त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले निशुल्क रुपमा मिलाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

सल्लाहाकार हमालले फरक क्षमता भएको बालबालिकालाई राज्यले हेर्ने र प्रदान गर्ने सेवालाई बृद्धि गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले आर्थिक अभावले गर्दा होस्टेलमा बस्दै आएका बालबालिकाले धेरै कठिनाई भोग्नु परेको हुँदा सहयोगी मनहरुलाई सहयोगका लागि आग्रह गरिन ।

कार्यक्रमम सगरमाथा सिमेन्टका प्रतिनिध अमर सुवेदी,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद
रेग्मी लगायतले मनतब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *