२०८१ जेष्ठ ८ गते मङ्गलवार

विद्यालयमा हुने गरेको बालविवाह क्रमिक रुपमा घट्दै

यमकला भुसाल,तुलसीपुर,२५ मंसिर ।  तुलसीपुरमा विद्यालय स्तरिय सूचना केन्द्रको समिक्षा तथा हस्तान्तरण कार्यक्रम भएको छ ।

महिला पुर्नस्थापना केन्द्र (ओरेक) दाङले विगत ५ वर्षदेखि सूचना केन्द्र स्थापना गरिएका दाङका २० वटा विद्यालयसगं सहकार्य गर्दे विद्यालयमा हुने गरेको बालविवाहको समाप्तिको बारेमा छलफल भएको छ ।

त्यसमा सूचना केन्द्रमा सामाग्री राख्ने, विभिन्न किसिमका तालिम तथा गोष्ठीहरुको माध्यमबाट यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा सचेतिकरण गर्ने कुराहरु समावेश गरिएको छ ।

कार्यक्रममा ओरेक दाङका संयोजक ईश्वरी थापाले महिला तथा बालबालिकाका लागि अनुकुल वातावरण बनाउनु सबै लाग्नु पर्ने सुझाइन ।

उनीहरुको यौन तथा प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गर्दे बाल विवाह र अन्य हानिकारक परम्परागत प्रथाहरुको अन्त्य गर्ने लक्ष्यल धेरै परिवर्तन आएको उनले बताइन ।

संस्थाले स्कुलहरुमा सेनेटरी प्याड निमार्ण गर्नुको साथै प्रयोग गर्न सिकाउने गरेको बताएको छ । त्यस्तै बालविवाह न्यूनिकरण बारे सचेतना फैलाएको सरोकारवालाहरुले बताएका छन् ।

 

विद्यालयमा बालविवाहको दर घट्दो

जिल्लाका २० वटा विद्यालयहरुमा २०७१ सालमा बालविवाह गर्नेको सङ्या १३.४५ प्रतिशत थियो । त्यस्तै ०७२ मा १३.१४ प्रतिशत,०७३ मा १०.६३ प्रतिशत,०७४ मा १० प्रतिशत थियो भने २०७५ मा घटेर ७.२ मा झरेको छ । प्राप्त तथ्याङ्क नियाल्दा विद्यालयहरुमा हुने गरेको बालविवाह घट्दै गएको देखिएको छ ।

अम्बेकेश्वरी मावी उरहरीका प्रध्यानाध्यापक नुमानन्द रेग्मीले पहिले १ वर्षमा बालविवाह गर्नेको संख्या २७ जना सम्म रहने गरेकोमा पछिल्ला बर्षहरुमा घटेर अहिले २ जनासम्म झरेको जानकारी दिए ।

ओरेकले कार्यक्रम सञ्चालन गरेपछि विद्यालयमा बाल विवाह गर्नेको संख्या घटेको उनले दाबी गरे ।

कार्यक्रममा तुलसीपुरका शिक्षा समिति सयोजंक देवराज विश्वकर्माले अशिक्षा र गरिविका कारण बालविवाह हुँदै आएको भन्दै त्यो रोक्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने तर्क गरे ।

साथै उनले विद्यालय र उपमहानगरपालिकाको पहलमा यो कार्यक्रमलाई अगाडी बढाउने समेत प्रतिबद्धता जनाए ।

सो अवसरमा शिक्षा प्रमुख भाष्कर गौतम,मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउने चौधरी,अमर मावि उरहरीका पदम न्यौपाने,जिल्ला बाल सञ्जालकी सचिव ईशा वली लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

ओरेक दाङका कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम सयोजंक दिपा धितालले गरेकी थिइन ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *