दाङ, मंसिर २४ । दाङको दंगिशरण ३ हेकुली निवासी थारु लोक सस्कृतिविद अशोक थारु सम्मानित भएका छन् । उनी नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सोमवार सम्मानित भएका हुन ।
राष्ट्रपति भवन शितल निवासमा थारुलाई प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार सर्मपन समारोहका अवसरमा सम्मान गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा बोल्ने थारु मातृ भाषा साहित्यको संवृद्धिमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै एक लाख नगदसहित दोसल्लसा थारु सम्मानित भएका हुन ।
त्यसअवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारी,नेपाल एकाडेमीका कुलपति गंगाप्रशाद उप्रेती , उपकुलपती डा. जगमान गुरुङले पुरस्कार प्रदान प्रदान गरेका हुन । थारुका थारु लोकसाहित्य महाकाव्य बर्किमार (नेपाली र थारु भाषामा), थारु लोक साहित्यको इतिहास,कला र दर्शन, थारु सस्ंकृति अन्र्तगतका लोक कलाहरुको शास्त्रिय पहिचान तथा विश्लेशन, पश्चिमाञ्चलका थारु सामाजिक संस्कार, बर्का नाच,‘अ फोलकर भिजन अफ द महाबेहगरा’ (अंग्रजी भाषामा) लगाएतका एक दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् ।
थारुको लोक सस्ंकृतिका बारेमा उनले दुई दशकदेखि कलम चलाउँदै आएका छन् । कार्यक्रममा एक दर्जन जति लोककलाकर्मीलाई सम्मान गरिएको थियो ।