२०८२ जेष्ठ ११ गते शुक्रवार

प्यूठानका दुई इञ्जिनियर १०-१० लाख घुससहित पक्राउ

काठमाडौं, मंसिर २४ । सडक डिभिजन कार्यालय प्युठानमा कार्यरत दुई इञ्जिनियर काठमान्डौंमा १०÷१० लाख घुस रकमसहित पक्राउ परेका छन् ।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई सेवाग्राही बाट घुस बाफतको २० लाख रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा मंगलवार बेलुकी घुस रकम सेवाग्राहीवाट बुझ्दै गर्दा उनीहरु दुबै जना पक्राउ परेका हुन । पक्राउ परेका दुबै जना इञ्जियिनर माथि थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *