तिर्थराज ज्ञवाली,
देउखुरी दाङ,मंसिर २३ । नेपाल भ्रमण वर्ष सन् २०२० मा दाङ भ्रमणमा आउने पाहुनाहरुलाई राप्ती गाउँपालिकाको भद्राक्षी मन्दिरमा स्वागत गरिने भएको छ ।
सोमवार राप्ती गाउँपालिकाको वडा नं ९स्थित देविकोटमा रहेको धार्मीक तथा पर्यटकीय स्थल भद्राक्षी मन्दिर परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाका पदाधिकारीका बीचमा त्यो सहमति कायम भएको हो ।
जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति सभापति जितेद्रमान नेपाली र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीका बीचमा त्यस्तो सहमति भएको हो ।
उनीहरुले जिल्लामा नेपाल भ्रमण वर्ष सफल पार्न सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकाश र प्रचार प्रसारमा सबै लाग्ने निर्णय समेत गरेका छन् ।
श्रीस्वस्थानी बर्त कथामा रुद्राक्षी मन्द्रिरमा सतिदेबीको दाब्रे घुडा पतन भएको भन्ने उल्लेख छ । शक्तिपिठको रुपमा रहेको त्यही मन्दिरबाट जिल्लामा आउने पर्यटकको स्वागत गरिने भएको छ ।
जिल्ला पर्यटन पवद्र्घन समितिले जिल्लाका दश वटै पालिकाहरुका महत्वपुर्ण पर्यटकीय स्थलमा पर्यटक पुर्याउने गरि योजना निर्माण गरिएको बताएको छ ।