२०८१ जेष्ठ १७ गते बिहिवार

आफ्ना सन्तान र आफन्तको अनुहार खोजी गर्दै बस्छन् जेष्ट नागरिक


यमकला भुसाल,
तुलसीपुर, मंसिर २३ ।चेतकुमारी बुढाथोकी उमेरले ६८ वर्ष पुगिन । दाङको रामपुर घर भएकी बुढाथोकी गत कार्तिक २० गते घोराहीको तेरौटे स्थित बृद्धाआश्रममा गएकी हुन । ‘श्रीमानले अर्की श्रीमती भित्र्याए,म विरामी हुँदापनि एक्ली भए’,उनले भनिन्,’– ‘त्यसपछि म यहाँ आएकी हुँ।’

रतनपुरमा होटल गर्ने बुढाथोकी त्यो बेचेर उपचार गर्न अस्पताल गइन । तर,विरामी हुँदा ७÷८ दिन सम्म पनि कोही आफन्त भेट्न नगएपछि उनले बृद्धाआश्रममा गएर बस्ने निधो गरेको बताइन ।

‘मेरो आफ्नो कोही भएन । बिरामी भएपछि काम गर्न सक्ने अवस्था थिएन, त्यसैले घर नगई म अस्पतालबाट सिधै आश्रममा आए,’ ,बुढाथोकीले भनिन् । उनले आफन्त कोही भेटन नआएपनि आफु आश्रममै खुसी साथ बसिरहेको भन्दै अब घर फर्केर नजाने बताइन ।

दाङ हापुर बासँगजेरीका दुर्गाप्रसाद पाण्डे पनि विगत ४ वर्षदेखि आश्रममा बस्दै आएका छन् ।
उमेरले ८३ वर्ष पुगेका उनका १ छोरा १ छोरीको केही वर्ष पहिले मृत्यु भएपछि उनको मन विरिक्तियो ।

घरसम्पत्ति सबै बेचेर पाण्डेकी श्रीमति १ नाति २ वटा नातिनासगै बर्दिया गएर बस्न थालिन । आफ्नो श्रीमतीले पनि आफुलाई हेला गरेर एक्लै छोडेर गएपछि बुढेसकालमा बृद्धआश्रमकै साहारमा बाचिरहेको पाण्डेले बताए ।

रोल्पा निवासी ६१ बर्षीया लालकुमारी पुरीपनि विगत २ वर्षदेखि बृद्धआश्रममा बस्दै आएकी छन् । घरमा बुहारीसगं झगडा परेको र छोराले पनि बुहारीकै पक्षामा लागेपछि आफु बृद्धाआश्रममा आएको उनले बताइन ।

‘मेरो कसैले कुरा सुनेन्,घरमा काम नगरे बुहारीको विभिन्न गाली सगै कुटपिट पनि खानु पर्दथ्यो,’ पुरीले पीडा पोखिन ‘ आफ्नै सञ्तानपनि पराई हुँदा रहेछन् । आफैले जोडेको सम्पत्तिवाट आफै विमुख हुनुपर्दौ रहेछ।’उनले आश्रमको बसाई ठिकै रहेको प्रतिक्रिया दिइन ।

दाङको घोराही उपमहानगरपालिका १६ स्थित तेरौटेमा रहेको बृद्धआश्रममा हाल ८ जना महिला,८ जना पुरुष गरि १६ जना जेष्ट नागरिक बस्दै आएका छन् । आश्रममा रहेका १६ जना ती जेष्ट नागरिकले मुहारमा वनावटी हाँसो भएपनि मन भित्र पीडाको पहाड रहेको प्रतिक्रिया दिए । विभिन्न अवसरमा बृद्धआश्रममा फलफूल तथा खाद्यान्न सहयोगका लागि पुग्ने व्यक्तिहरुमा उनीहरुले आफ्ना सञ्तान र आफन्तको अनुहार खोजी गर्दै आएको बताए । तर उनीहरु भने कहिलै भेट्न नआउने गरेको कतिपयलले दुःख्ख व्यक्त गरे ।

आश्रममा बस्दै आएका सम्पुर्ण लालनपालन रेखदेख, स्याहार सुसार र स्वास्थ्य उपचारको व्यवस्था बृद्धआश्रमले गरिरहेको आश्रमकी लेखा प्रशासक हिरा शाहले जानकारी दिइन । परिवारको हेला र अपहेलना सहन नसेकेर आएका जेष्ट नागरिकका लागि बृद्धबृद्धा एउटा भरपर्दौ आश्रयस्थल रहेको उनले बताइन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *