२०८२ असार २७ गते शनिवार

अप्रेसन गरि प्रकृतिको दुबै खुट्टा काटियो


दाङ,मंसिर २३ । ट्रकको ठक्करवाट घाइते भएकी त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत १२ बर्षीया प्रकृति चन्दका दुबै खुट्टा काटेर फालिएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार संभव नभएपछि आइतवार बेलुका प्रकृतिलाई सेनाको हेलिकोप्टर मार्फत काठमान्डौस्थित विएनबी हस्पिटलमा लगिएको छ ।

छोरीसंगै हस्पिटलमा रहेकी प्रकृतिकी आमा भगवती चन्दले आइतवार बेलुका छोरीको अप्रेसन भएको र उनको दुबै खुट्टा थाईबाट काटेर फालिएको जानकारी दिइन । दुर्घटना लगतै पिसाव वन्द भएको हुँदा किड्नीमा इन्फेक्सन भएकोले खरावी देखिएको भन्ने जानकारी उपचारमा सम्लग्न चिकित्सकले गराएको भगवतीले बताइन । ‘दुर्घटना पछि धेरै व्लड बगेको भन्दै व्लड नियमित चढाई रहेका छन्,’ भगवतीले भनिन् ‘सोमवार विहानदेखि छोरीलाई ह्वाईट व्लड पनि चढाउन सुरु भएको छ।’

कोहलपुर नगरपालिका वडा नं. ११ एनटिभी रोड निवासी चन्दले बुवा नगेन्द्रबहादुर चन्दको साथमा आफुले विदाई गरेर पठाएकी छोरीको दुर्घटना पछिको अवस्थाले आफुलाई आँशु रोक्न मुस्किल भइरहेको प्रतिक्रिया दिइन ।

दुर्घटनाले गर्दा आफ्नी छोरी पुरै अपाङ्ग बनेकी तथा भविस्य बर्बाद भएको भन्दै उनले चिन्ता जाहेर गरिन । घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारवाही हुनुपर्ने तथा राज्यले छोरीको शिक्षा दिक्षा र कृतिम खुट्टा जडानको लागि सहयोग गर्नुपर्ने माग गरिन । भगवतीले आकस्मिक दुर्घटना पछि उत्पन्न परिस्थिति शान्त पार्न सबैलाई अनुरोध पनि गरेकी छन् ।

कोहलपुरमा सर्वदलिय सर्वपक्षिय छलफल जारी
प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुरको माहोल शान्त पार्ने प्रयास स्वरुप सोमवार मध्यान्ह १२ बजेदेखि सर्वदलिय तथा सर्वपक्षिय छलफल सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ८ स्थित कृषि तालिम केन्द्र पिपरीमा छलफल भइहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

आइतवार ३ बजेदेखि कोहलपुर क्षेत्रमा लगाइएको निषेध आज्ञा कफर््यू सोमवारपनि यथावत रहेको प्रजिअ खड्काले बताए । स्थिति शान्त नहुँदा सम्म कफर््यू जारी रहने उनले जानकारी दिए ।

आफ्ना बाबु संगै भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय पुगेकी १२ बर्षीया छात्रा चन्दलाई विहान १० बज्दै गर्दा कोहलपुरवाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बन्न पुगेको थियो ।

आक्रोसित विद्यार्थीले ठक्करदिने ट्रक जलाउनुका साथै अन्य एक दर्जन सवारी साधनमा पनि तोडफोड गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिममा तोडफोड र आगजनी पनि भएको थियो । त्यो रोक्न प्रहरीले दर्जनौं राउन्ट हावाई फायर र अंश्रुग्यास हान्नु परेको बताएको छ । प्रहरीले गोली समेत चलाएको थिो । त्यसवाट दुई दर्जन जति विद्यार्थी र सर्वसाधारण घाइते भएका छन् ।

कफर््यूका बीचमा पनि पूर्व पश्चिम राजमार्गमा बेलुका सवारी साधन सञ्चालन भएतापनि । सोमवार विहान १० बजेदेखि पुनः यातायात,बजार बन्द भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघले शान्ति सुरक्षाको माग गर्दै फेरि यातायात र बजार बन्द गराएको हो । संघका अध्यक्ष चक्र अधिकारीले कोहलपुरका डिएसपी हेमबहादुर शाहीको कारवाही सहित सरुवा हुनुपर्ने माग गरे ।

त्रिभुवन उच्च मावि कोहलपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर राणाले विद्यालय हाता भित्र प्रवेश गरेर शिक्षक र विद्यार्थी कुट्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।
घाईते विद्यार्थीको उपचारको जिम्मा राज्यले लिनुपर्ने उनले बताए ।

प्रहरीको गोलीवाट २ दर्जन जति घाइते
आइतवार कोहलपुर एकाएक अशान्त बन्दा दुई दजर्न बढी विद्यार्थीलाई प्रहरीको गोली लागेको छ । त्यसमध्य अधिकाँसलाई रवरको गोली हानिएको थियो । यद्यपी जिल्ला प्रहरी कार्यालयले भने यो खवर अझैं सार्वजनिक गरेको छैन । सूचना माग्दापनि उपलब्ध गराएको छैन ।

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि शिक्षक ऋषि शर्मा देवकोटाका अनुसार झडपका क्रममा कति विद्यार्थी घाइते भए भन्ने एकिन गर्न कठिन रहेको बताए । अस्पतालमा भर्ना भएका १० जना मध्य ५ जना सोमवार विहान डिस्चार्थ पछि घर फर्केको उनले जानकारी दिए ।

शिक्षक शर्माका अनुसार कक्षा ९ ‘ब’मा अध्यनरत सुशिल थापालाई गर्धनमा,कक्षा १२ मा अध्यनरत ललित बस्नेतलाई हातमा गोली लागेको छ । त्यस्तै कक्षा १२ मा अध्यनरत पूजा मल्ललाई रवरको गोली लागेको भएपनि गहिरो घाउ लगोको छ । सोही विद्यालयमा कक्षा १० मा अध्यनरत विशाल खड्का र ज्ञान ज्योति मावि चपरगौरीमा कक्षा १२ मा अध्यनरत विक्रम शाहको अवस्था भने गम्भीर रहेको शिक्षक शर्माले जानकारी दिए ।

खड्कको ढाडमा गोली लागेको छ भने शाहको खुट्टामा तीन ठाउँमा गोली लागेको छ । प्रहरीको गोली लागेको थप २÷३ जना गम्भीर अवस्थाका घाइते विद्यार्थीलाई भने आइतवार बेलुका नै प्लेन मार्फत थप उपचारका लागि काठमान्डौं लगिएको उनले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *