२०८१ फाल्गुन २ गते शुक्रवार

उच्च अदालतका दुई कर्मचारी दुर्घटनामा घाइते

तस्विर –बालाराम खड्का ।

दाङ,मंसिर २१ । पिकअप भ्यानले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा दुई जना युवा घाइते भएका छन् । घाइते हुनेहरुमा उच्च अदालत तुलसीपुरका एकान्टेन ३३ बर्षीय घनश्याम भुसाल र मुख्य न्यायधिसका चालक २८ बर्षीय राजेश चौधरी रहेका छन् । भुसाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी हुन भने चौधरी तुलसीपुर १८ का बासिन्दा हुन ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते दुबै जनालाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ । भुसाल र चौधरी दुबैलाई अनुहार तथा सरिरमा चोट पटक लागेको भएपनि अवस्था गम्भीर नरहेको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मोटरसाईकलमा सवार भुसाल र चौधरी दुबै जना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए ।
शनिवार बेलुका साढे ८ बजेतिर राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको माताकुटी नजिकै उक्त दुर्घटना भएको थियो । राम्रीवाट तुलसीपुर आउँदै गरेको चौधरीले चलाएको रा ४ प ५९२४ नम्वरको मोटरसाईकललाई तुलसीपुरवाट कपुरकोट तर्फ जाँदै गरेको भे १ ज १८८४ नम्वरको पिकअप भ्यानले ठक्कर दिएको थियो । पिकअप र मोटरसाईलक दुबैलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *