२०८१ जेष्ठ १३ गते आइतवार

चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, एक गम्भीर घाइते

मंसिर २१ । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिका वार्ड न. ४ मा शनिबार साँझ अटो दुर्घटना भएको हो। घटनामा एक जना गम्भीर घाइते छन् ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *