२०८१ बैशाख २२ गते शनिवार

दाङमा बाह्रै महिना पर्यटन कार्यक्रम गर्न समिति गठन


घोराही, मङ्सिर २० । जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँ पालिकामा वर्षैभरि कार्यक्रम गर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले हरेक महिनामा सन्देशमुलक तरिकाले पालैपालो सबै गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सन २०२० लाई पर्यटन वर्षकारुपमा सफल बनाउन पर्यटन समितिको कार्यालय जिल्ला समन्वय समिति दाङमा खोल्ने, जिल्लाका सबै गाउँपालिकामा गाउँपालिका स्तरको समिति गठन गर्ने, जिल्लामा हुने कार्यक्रमलाई पर्यटन वर्षसँग जोडेर लैजानका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिका जीतेन्द्रमान नेपालीको अध्यक्षत्ता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको वैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतका लागि पुस १६ गते उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केवि मसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी भुवन चौधरी र खलुप्रसाद पुन रहेकेको सांस्कृतिक व्यवस्थापन उसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविन प्रियासनको संयोजकत्वमा प्रचारप्रसार, तारा देबकोटाको संयोजकत्वमा अतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन, रुद्र बहादुर डाँगीको संयोजकत्वमा आबास तथा भोजन, ध्रुबकुमार श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिलाई केही दिनमै बिस्तार गरिनेछ ।

पर्यटन वर्षलाई भव्य बनाउनका लागि विभिन्न क्षेत्रको सहभागितामा जितेन्द्रमान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केवि मसाल, भुवन चौधरी, खलुप्रसाद पुन, राम गोपाल यादब, जागेश्वर घिमिरे, ध्रुबकुमार श्रेष्ठ, बिरु रावत, रबिलाल आचार्य, रुद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, इश्वर पाण्डे, टेकेन्द्र राज अधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देबकोटा, कुसुम चौधरी, सविन प्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको काम कारवाहीलाई चुस्तदुरुस्त बनाउनका लागि ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *