२०८१ बैशाख २२ गते शनिवार

हिंसा सहेर कोही नबस्नुहोस – उपाध्यक्ष बुढा


शंकर केसी,
सल्यान, मंसिर १९ । कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले हिंशा सहेर कोहीपनि बस्न नहुने बताएकी छन् । न्यायिक समिति संयोजक समेत रहेकी बुढा मगरले अन्यायका विरुद्ध बोल्न र विरोध गर्न आग्रह गरिन । उनले कोही कसैले पनि हिंसा सहन नहुने भन्दै कतै भएको खण्डमा वडा कार्यालय तथा गाउँपालिकामा गएर उजुरी दिन आग्रह गरिन । ‘महिला हिंसा विरुद्ध म सशक्त रुपमा उभिने छु,’ बुढाले भनिन् ‘गल्तिपनि नगर्नुहोस र अन्यायपनि नसहनुहोस।’ उनले हिंसामा परेका महिलाको संरक्षण र उनीहरुको व्यवस्थापनका लागि गाउँपालिकाले भूमिका निर्वाह गर्दै आएको दाबी गरिन ।

महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आयोजित कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले महिलाहरु माथि विभेदपूर्ण व्यवहार, शारिरीक,मानसिक तथा यौनिक हिंसाहरुका विरुद्ध खटिन स्वएंमसेविकालाई अपिल गरे ।

स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदानको प्रसंशा गर्दै उनले प्रोत्साहन स्वरुप गाउँपालिकाले मासिक एक हजार रुपैंया उपलब्ध गराउँदै आएको बताए ।

सचेतनामूलक गीत, ¥यालि तथा अन्तरक्रिया सहित सल्यानमा लैंगीक हिंशा विरुद्धको १६ दिने अभियान मनाइएको हो । जिल्लाको कपुरकोटमा अभियान अन्तरगत विहीबार गन्दर्भ समाज प्युठानका कलाकारहरुले महिला हिंशा अन्त्य बारे सांगीतिक प्रस्तुती राखे । महिला हिंशा विरुद्ध सचेतना मुलक नारा लगाउँदै र्यालिले बजार परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *