२०८१ बैशाख २२ गते शनिवार

स्वएंमसेविकाको गुनासो– राज्यले हाम्रो मेहनतको उचित मुल्याङकन गरेन


यमकला भुसाल,
तुलसीपुर,मंसिर १९ । पवित्रा शर्मा अहिले ५२ वर्ष पुगिन । विक्रम संवत २०४८ सालदेखि उनी महिला स्वयंसेविकाको रुपमा कार्यरत छिन । २०४८ सालमा १५ दिने महिला स्वयंसेविका आधारभुत तालिम लिएपछि उनले स्वयंसेविकाको काम गर्न सुरु गरेको बताइन । उतिबेला अस्थायी साधन वितरण,बच्चालाई खोप लगाउने काम स्वएंमसेविकाको हुन्थ्यो । तर आज समय बदलिएको छ । वर्भवति चेकजाँचदेखि बच्चा ५ वर्षको नहुदासम्म स्वएंमसेविकाले हेर्ने गर्छन ।

कामले काम सिकाउ छ । शर्माले आज आएर मासिक रिपोर्ट,आमा समुह बैठक,गाउँघर क्लिनक र खोप क्लिनक जस्ता काम गर्न सक्ने भएकी छन् । महिनामा ४ दिन शर्माले ती कामको लागि छुट्याउनु पर्छ । तरपनि शर्मा जस्ता स्वएंमसेविकाहरुको मर्का राज्यले सम्वोधन गर्न ध्यान दिएको छैन ।

‘सामान्य यातयात खर्च,खाजा खर्च सम्म पाउदैनौ,’ शर्माले भनिन–‘राज्यले हाम्रो योगदानको बेवास्ता गर्दै आएको छ।’

वर्ष दिनमा पोशाक भत्ताको लागि ६ हजार ५ सय बाहेक अरु केही नदिने गरेको उनले बताइन ।तुलसीपुर १४ की नेत्रकुमारी श्रेष्ठको पनि त्यस्तै खाले गुनासो छ ।६३ वर्षीय श्रेष्ठले विक्रम संवत २०५२ सालदेखि महिला स्वयंसेविकाको रुपमा काम गर्दे आएकी छन् ।

घरको काम छोडेर सेवा दिन जाने स्वएंमसेविकाको श्रम स्वषण राज्यले नै गर्दै आएको उनले बताइन । श्रेष्ठले भनिन्– ‘जागिर खाएको भए अहिले पेन्सन हन्ुथ्यो होला,तर गाउँ घरका कुना कन्दरामा निशुल्क सेवाका लागि खटिने हामीलाई राज्यले निशुल्क औषधी उपचारको समेत व्यवस्था गरिएको छैन।’ शारदा विश्वकर्माले पनि काम गरे अनुसार सेवा सुधिवा पाउनुपर्ने धारणा राखिन ।उनले पनि २०४६ सालदेखि स्वएंमसेविको काम गर्दै आएकी छन् ।

स्वयंसेविका महिला सशक्तिकरणको आधार ः न्यौपाने
तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखाका संयोजक ओमप्रकाश न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविका महिला सशक्तिकरणको बलियो आधार भएको बताएका छन् ।

उनले स्वास्थ्य सम्बन्धि पहिलो केन्द्र स्वयंसेविका नै रहेको तर्क गरे । स्वयंसेविकाको सुचना सञ्चारले गर्दा स्वास्थ्य सेवामा महिलाहरुको पहुँच बढेको र त्यसले मातृ र नवजात सिशुको मृत्युदर घटेको उनले बताए ।

स्वयंसेविकाको मेहनतले गर्दा नै विगत २ वर्ष यता तुलसीपुरमा मातृ मृत्युदरलाई शून्यमा झार्न सकिएको न्यौंपानेले बताए ।

उपमहानगरपालिका १९ वटा वडाहरुमा २ सय १८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । बिहीवार १६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमका बक्ताहरुले त्यस्तो धारणा राखेका थिए ।

तुलसीपुर नगरस्तरीय स्वास्थ्य स्वंयसेकीका समुहकी अध्यक्ष रेखा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगी,स्वास्थ्य समिति सयोजंक राजु आचार्य,डुरुवा स्वास्थ्य चौकीका इञ्चार्ज बसन्त आचार्य,तुलसीपुर महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्य,हलवार स्वास्थ्य चौकी इञ्चार्ज विष्णु कुमार गिरी,ओरेक दाङका सयोजंक इश्वरी थापा मनतब्य व्यक्त गरेका थिए । त्यसपूर्व तुलसीपुरमा सचेतना र्याली निकालिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *