दाङ,मंसिर १९ । तुलसीपुरका संस्थापक उपमेयर प्रदिप शाहको निधन भएको छ । ६३ बर्षीय शाहको उपचारका क्रमममा राजधानीस्थित बीरेन्द्र सैनिक अस्पताल छाउनीमा बुधवार राति १२ बजेतिर निधन भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का स्थानीय बासिन्दा शाह प्रेसर र कलेजो सम्वन्धि रोगले ग्रसित थिए ।
विक्रम संवत २०४९ सालको स्थानीय तहको निर्वाचनमा शाह तत्कालिन तुलसीपुर नगरपलिकाको उपमेयरमा निर्वाचित भएका थिए । निर्वाचनमा शाहले तत्कालिन समयमा नेकपा एमालेका जीवन केसीलाई पराजित गरेका थिए । स्वर्गीय शाहको अन्तिम संस्कार विहीवार विहान राजधानीस्थित पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको शाहका भाइ सुरेश शाहले फरककोणलाई जानकारी दिए ।
शाह पार्टी फुटेको समयमा नेपाली काँग्रेस प्रजातान्त्रिकका तुलसीपुर अध्यक्ष समेत भएका थिए । शाहको निधनप्रति नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले दुःख व्यक्त गरेका छन् । शाहको निधले एकजना कर्मठ र इमान्दार नेता गुमाएको नेताहरुले बताएका छन् ।