२०८२ बैशाख ७ गते शनिवार

स्व.पुनको सम्झनामा खाद्यान सामाग्री बितरण

तुलसीपुर,१८ मंसिर ।  घोराही उपमहानगरपालिका वडा नं १६ तेरौटेमा रहेको दु्रपदा कुमारी लोहनी लक्ष्मी नारायण बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई खाद्यान सामाग्री वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रर्सेनी बसन्तपुर निवासी ७६ वर्षीय सम्झी पुनमगरले आफ्नो स्वर्गीय दाई कर्मलाल पुनको सम्झनामा खाद्यान सामाग्री वितरण गरेकी हुन ।

बुधवार बृद्धा आश्रममै पुगेर ५० केजी चामल,दाल,चिनि,चियापत्ती,खुसार्नी,नुन,तेल,मसला,बेसार लगाएतका खाद्यान सामाग्री बितरण गरेकी हुन ।

मेरो एक मात्र दाई कर्मलाल पुनको सानै उमेरमा मृत्यु भयो,उनले भने,– उनकै सम्झनामा यहाँ आएर खाद्यान सामाग्री वितरण गरेकी हु ।

तेरौटेमा रहेको लक्ष्मी नारायण बृद्धाआश्रममा हाल १६ जना बृद्धबृद्धाहरु छन ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *