२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरमा २८ औँ अन्तराष्ट्रिय अपांगता दिवस मनाइयो

तुलसीपुर,१७ मंसिर ।  मंगलवार २८ औँ अन्तराष्ट्रिय अपांगता दिवस । प्रत्येक वर्ष डिसेम्बर–३ का दिन देशैभर मनाइने अपांगता दिवस “दिगो विकास लक्ष्य,अपांगता मैत्री भविष्य” भन्ने मुल नारा दाङको तुलसीपुरमा पनि मनाइएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले २८ वर्ष सम्म पनि राज्यले अपांगता भएका व्यक्तीको हक,अधिकार स्थापित गर्न नसकेको भन्दै गुनासो गरे ।

अपांगता भएकै कारण हामीले विभिन्न किसिमका हिंसाहरु सहनु पर्छ उनीहरुले भने,– अपांगता व्यक्तीले पाउनु पर्ने हक अधिकार केही पाउदैनौ सबै ऐन मै सिमित छन ।

त्यस्तै उनीहरुले सरकारी कार्यालयहरुमा अपांगमैत्री सरंचना नहुँदा अपांगता भएका व्यक्तीहरुले सेवा लिन असहज भएको भन्दै अपांगता ऐन अनुसार सबैलाई सहज पहुँच हुनेगरि सरंचना निमार्ण गर्नुपर्ने बताए । अपांगता भएकाहरुको प्रतिनिधित्व र समावेशीकरणको अधिकार सुनिश्चित हुनुपर्ने उनीहरुको माग छ ।

राष्ट्रिय अपांग महासघंका सचिव हुमनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा  बैजनाथ गाँउपालिकाका अध्यक्ष मानबहादुर रुजाल,सामाजिक विकास मन्त्रालय प्रदेश ५ का महिला विकास माहाशाखा प्रमुख सारदा बस्याल,शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिह डाँगी,अपांग महासघं प्रदेश ५ का सल्लाहाकार प्रतिमा शर्मा,अपांग महासघं तुलसीपुरका महासचिव देवा डाँगी,महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्य लगाएतले अपांगता भएका व्यक्तीको शसक्तीकरणका सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहागरपालिका महिला तथा बालबालिका शाखाका अधिृकत माया क्षेष्ठले गरेकी थिइन ।

कार्यक्रम तुलसीपुर उपमहानगरपालिका,राष्ट्रिय अपांग महासघं प्रदेश नं ५,सामाजिक विकास शाखा प्रदेश नं ५ को आयोजना र नगरस्तरिय अपांग सञ्जाल,अपांग सेवा केन्द्र,दाङ नेत्रहिन सघं,राप्ती बहिरा सघं, अपांगता सेवा सघं र अपांग समाज सुधार केन्द्र दाङको सहकार्यमा भएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *