२०८१ फाल्गुन ६ गते मङ्गलवार

दैलेखमा हाईस दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत, मंसिर १३ । सुर्खेत–दैलेख सडक खण्डमा हाईस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको हाईस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य सात जना घाईत भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्दार गरिरहेको छ ।

मृतक र घाईतेहरुबारे थप विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *