२०८१ जेष्ठ १५ गते मङ्गलवार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा सत्र जनाको मृत्यु (अपडेट)

बुटवल, मंसिर ११। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन। घाइतेको उद्धार जारी रहेको छ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ। घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *