यमकला भुसाल,
तुलसीपुर, मंसिर ९। समानताको पुस्ता बलात्कार बिरुद्ध एक्यबद्धता भन्ने मुल नाराका साथ सोमवार देखि देशैभर लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि यो अभियान सञ्चालन गरिन्छ । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिन तुलसीपुरमा सरोकारवालाहरुसगं अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको सरोकारवालाहरुले लैगिंक हिंसा मुक्त समाज निमार्णका लागी एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनीहरुले लैगिंक हिंसालाई अपराधको रुपमा लिएर कारवार्ही गर्ने,हिंसा अन्त्य गर्न परम्परागत हानिकारक लैगिंक मान्यतालाई प्रवद्र्धन गर्ने सञ्चार सामाग्री निरुत्साहित गर्ने,हिंसा प्रभावितलाई न्याय र पिडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने लगाएतका प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै ओरेक नेपाल दाङकी सयोजंक इश्वरी थापाले महिला बिरुद्ध हुने भेदभाव तथा हिंसा जस्ता जघन्य अपराधलाई राज्यले कानुनद्धारा दण्डनिय बनाएको भएपनि हिंसाहरुमा कमी आउन नसकेको बताइन ।
उनका अनुसार नेपालको ५ वर्षको तथ्याङ्क हेर्दा (२०७२ देखि २०७६) सम्म मा ७ हजार ९ सय १३ जना महिला माथी विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ । त्यस्तै वितेको वर्ष २०७५÷०७६ को तथ्याङक अनुसार १ सय ४३ जना महिला तथा बालबालिका माथी बलात्कार भएको देखिएको छ ।
यसैगरि नेपाल प्रहरीको २०७५÷०७६ को तथ्याङक अनुसार १ वर्षमा १४ हजार ७ सय ७४ हरेलु हिंसा ,२ हजार २ सय ३० जना महिला तथा बालबालिका काथी बलात्कार,७ सय ८६ जना माथी बलात्कारको प्रयास २ सय ५८ जनालाई बचबिखन गरिएको र ४६ जना महिला माथी बोक्सीको आरोपमा हिंसा भएको पाइएको छ । प्रहरीको तथ्याङकलाई आधार मान्ने हो भने प्रत्येक दिन ६ जना भन्दा बढी महिला तथा बालबालिका बलात्कार हुने गरेको पाइएको छ ।
समाजको हरेक सरंचनामा रहेको बिभेदले असमान शक्ति सम्बन्ध सिर्जना हुने गरेको समेत सयोजंक थापाले जानकारी दिइन ।
महिला बालबालिका तथा सामाजिक विकास शाखाकी महिला विकास प्रमुख विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाको अधिकृत माया क्षेष्ठले गरेकी थिइन् ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक शाखाको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका क्षेत्रका सम्पुर्ण सरोकारवालाहरुको समन्वयमा भएको थियो ।