मङ्सिर ८ । युवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनालले बंगलादेशमा सम्पन्न २८औं दक्षिण एशियाली ज्योतिष सम्मेलनमा ”prominent astrologer of the south Asia content” अर्थात ”एशियाका एक विख्यात ज्योतिष”बाट विभूषित भएका छन् ।
उक्त विधामा आफ्ना ६० जना प्रतिष्पर्धीलाई पछि पार्दै दाङ निवासी मुस्कान खनालले एशियाकै एक विख्यात ज्योतिषका रुपमा स्वर्ण पदक (Gold medal) सहित विभुषित हुन सफल भएका हुन् ।
छोटो समयमा ज्योतिष तथा वास्तुशास्त्रमा आफुलाई अब्बल सावित गरिरहेका युवा ज्योतिष खनालले बंगलादेशको चितागोंग शहरमा यही नोभेम्बर २१, २२ र २३ तारिखमा सम्पन्न भएको ज्योतिष सम्मेलनमा आफ्नाे Traditional astrology in nepal, how can astrology be applicable in modern time लगायतका विषयमा धारणा प्रस्तुत गरेका थिए ।
स्वर्ण पदक (Gold medal) सहित एक उच्च तहकाे सम्मान पाएपछी खनालले भने, ”याे सम्मान मेरालागि मात्र नभइ समग्र देशका लागि गरिएकाे सम्मान हाे, यसले मलाई अझ जिम्मेवार र कर्तव्यबाेध बनाएकाे छ । मलाई सम्मान याेग्य ठान्नु भएकाेमा म आयोजक र छनौट टीम प्रति आभारी छु ।” उनले Gold medal का साथ प्रमाण पत्र र एक लाख टाँका (बंगलादेशकाे रूपैयाँ) हात पारेका छन् ।
दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रिय सदस्यसमेत रहेका खनाललाई ज्योतिष र अध्यात्म क्षेत्रमा गरेको खोज अनुसन्धान तथा योगदानको उच्च कदर गर्दै विभूषित गरिएको हो । उनले प्रस्तुत गरेकाे अनुसन्धानात्मक कामले ज्याेतिष तथा अध्यात्म विज्ञानका लागि निकै लाभ भएकाे बताइएकाे छ । साउथ एशियन मुलुकका करीव ६ सय बढी ज्योतिष तथा खगोल वैज्ञानिकको उपस्थिति रहेकाे उक्त सम्मेलनमा नेपालबाट १३ जना ज्योतिषहरु सहभागी भएको खनालले बताए ।
उक्त सम्मेलनमा भाग लिन नेपालबाट दक्षिण एशिया ज्योतिष महासंघ नेपाल च्याप्टर अध्यक्ष डा. सहदेव विष्टको नेतृत्वमा पुगेकाे हो । ज्योतिष तथा अध्यात्मसँगै विज्ञानको संयोजनबाट विश्वलाई कसरी परिस्कृत गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ । ३ दिने सम्मेलनले मुस्लिम बाहुल राष्ट्र बंगलादेशमा हिन्दु धर्मको बारे र समग्रमा मानव धर्म एकसूत्रमा बाँध्ने गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको आयोजकले दावी गरेकाे छ ।
ज्योतिष शास्त्रको गरिमा कायम राख्न, अनुशासन र यसको दीगो अध्ययनका लागि सम्मेलन कोशेढुंगा सावित भएको बताइएको छ । सो अवसरमा बंगलादेशका उच्च तहका व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । अध्यात्म, ज्योतिष र हिन्दु धर्मका बारेमा प्रस्तुत गरिएको विचार, दर्शन र धारणा बंगलादेशका प्रमुखहरुले निकै चासोमा साथ सुनेका थिए ।
महासंघको उद्घाटन बंगलादेशकी प्रधानमन्त्री शेख हनिसाले गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री हसिनाले धर्म, संस्कार, रीतिरिवाज मानवजातिको सबैभन्दा ठूलो सम्पत्ति भएको बताएकी छिन् । यसका लागि ज्योतिष सम्मेलनले थालेको अभियान अत्यन्तै सकारात्मक र उपलब्धीमूलक बन्नेमा आफू विश्वस्त रहेको बताउँदै बंगलादेशी जनताकाे सदैव साथ रहने वचन दिइन् ।