२०८१ असोज २५ गते शुक्रवार

दाङमा लागु औषध ब्राउन सुघर सहित आठजना पक्राउ

घोराही,८ मंसिर ।  दाङ प्रहरीले शनिवार लागु औषध ब्राउन सुघर सहित आठजना पक्राउ गरेको छ ।

लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघर सहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्क बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित थप तिन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा घोेराही १३ का बिशाल पुन,घोराही १४ का बिशालसिंह नेपाली,घोराही कै महेश वली,आलोक डाँगी,प्रविन वली,रहेका छन ।

त्यसैगरी रुकुम पश्चिम बाफिकोटका शेरबहादुर खत्री,रुकुम पुर्व भुमेका तपजित घर्ती मगर र घोराही १३ का अभिनास थापा रहेका छन ।

उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *