धादिङ, मंसिर ८ । धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनी बजारमा आइतबार बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ ।
नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका धादिङले बताएको छ ।
४० जना घाइते मध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ । २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार