२०८२ असार ३० गते मङ्गलवार

आँखा शिविरमा १४ सय ९३ जनाले उपचार सेवा पाए

तुलसीपुर, ६ मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालीत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोगमा सञ्चालन भएका शिविरमा १४ सय ९३ जनाले आँखा उपचार सेवा पाएका छन् ।

स्थानीय नगरपालिका÷गाउँपालिकाको स्थानीय व्यवस्थापनमा रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानमा भएको निःशुल्क आँखा शिविर ३ सय ९५ जनाको निःशुल्क मोतियाविन्दुको सल्यक्रिया गरि उज्यालो प्रदान गरेको आँखा अस्पतालले जनाएको छ ।

त्यस्तै ३ जनाको आँखाको ढकनीको शल्यक्रिया गरिएको नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीले जानकारी दिए । जस अन्र्तगत रुकुम पूर्वका भएको शिविरमा २३७ जनाले आँखा चेकजाँच सेवा पाएको र ४४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा भएको शिविरमा ५४१ जनाले आँखा उपचार सेवा लिएका थिए । जसमा १३३ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको थियो ।

आँखा उपचार केन्द्र सितलपाटी सल्यानको स्थानिय ब्यवस्थापनमा आँखा उपचार केन्द्रसितलपाटीमा भएको शिविरमा ७१५ जनाले उपचार सेवा लिएका थिए ।

जसमा २१८ जना मोतीबिन्दुको शल्यक्रिया र ३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीको नेतृत्वमा गएको प्राविधिक टोलीले शिविरमा सेवा दिएको थियो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *