२०८० चैत्र १६ गते शुक्रवार

ट्रिप्परको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु


दाङ,मंसिर ५ । छुट्टाछुट्टै दुर्घटनामा परि दाङमा विहीवार दुई जनाको मृत्यु भएको छ । ट्रिप्परको ठक्कर मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५८ बर्षीय बन्दुराम थारुको मृत्यु भएको छ । गम्भीर घाइते थारुलाई उपचारको लागि लमही तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ ।

घोराही–लमही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्वरको ६ बेलदमारमा थारु सवार रा १ ब ४८७ नम्वरको मोटरसाईकललाई रा १ ख १२७१ नम्वरको ट्रिप्परले बेलुका पौने ६ बजेतिर ठक्कर दिएको थियो । ट्रिप्पर र मोटरसाईकल दुबै एकै दिशा घोराही तर्फ आउँदै थिए । ट्रिप्पर चालक फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
ओर्लने क्रममा बसले किचेपछि मृत्यु

बसको टायरले किच्दा एक महिलाको मृत्यु भएको छ । प्यूठान जिल्लाको माण्डबी गाउँपालिका वडा नम्वर ४ डाँडा कटेरी निवासी ४६ बर्षीया पबित्रा सुनारको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्वर ५ बसपार्कमा ओर्लने क्रममा ना ५ ख ४७२९ नम्वरको बसको पछाडिको टायरले सुनारलाई दिउँसो साढे १ बजेतिर किचेको थियो । गम्भीर घाइते सुनारलाई लमहीको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएकोमा बेलुका पाँच बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त बस प्यूठानवाट दाङको तुलसीपुर आउँदै थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *