२०८१ असार ३० गते शनिवार

जिसीद्वारा नेकपा परित्याग

देउखुरी कार्तिक ४ ।  लमही नगरपालिका वडा न ५ निवासी नारायण जिसीले नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राजिनामा दिएका छन् ।

जिसीले बुधवार लमहीमा पत्रकार सम्मेलन गरेर आजका मिती देखि आफुले नेकपा परित्याग गरि स्वतन्त्र भएको जानकारी गराएका हुन् । पछिल्लो समय उनी संबद्ध नेकपाको कार्य सम्पादन प्रती असन्तुष्टि जनाउदै आफुले राजिनामा दिएको जिसीले बताएका छन् ।

तत्कालीन एमालेको युवा संघ नेपालको क्षेत्रीय सचिव, साबिक चैलाही गाउँ पार्टी कमिटीको सचिव हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका जिसी देउखुरीमा खेलकुदको बिकासमा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

तत्कालीन एमाले र एकीकृत माओवादी एकीकरण पश्चात् उनी जिम्मेवार बिहिन रहेका थिए । जिसीले बुधवार लमहीमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका हुन ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *