यमकला भुसाल,तुलसीपुर,१ मंसिर । तुलसीपुरमा लैगिंक हिंसा रोकथाम तथा बालविवाह न्युनिकरण बारे छलफल भएको छ ।
आइतवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखाको आयोजना एवं ओरेक नेपाल दाङको सहकार्यमा छलफल भएको हो ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ र बाल विवाह विरुद्धको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सञ्चार माध्यमहरुसगं छलफल गरिएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला शाखा प्रमुख विष्णुकुमारी आचार्यले १६ दिने अभियान भित्र महिला हिंसा विरुद्धको दिवस, महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस, विश्व एड्स दिवस, अन्तराष्ट्रिय दासता उन्मूलन दिवस, विश्व अपांगता दिवस, विश्व स्वएंसेवक दिवस, महिला शहिदहरुको सम्मान दिवस, अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाउने तयारी गरिएको बताइन ।
महिला तथा बालबालिका शाखाकी सयोजंक माया क्षेष्ठले लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानको सन्र्दभ पारेर लैगिंक हिंसा र वालविवाहलाई न्यूनिकरण गर्न छलफलको आयोजना गरिएको बताइन ।
साथै उक्त छलफलले लैगिंक हिंसा तथा बाल विवाह विरुद्धको प्रचारप्रसार अभियान मिडियासगंको साझेदारीमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिइन ।