२०८१ असोज २४ गते बिहिवार

मकवानपुरको भीमफेदी कारागारबाट कैदी भागे

हेटौडा,१ मंसिर। कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् ।

सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् ।

सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए । राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ ।

तारबारसहितको अग्लो पर्खाल कसरी नाघे भन्नेबारे अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *