तुलसीपुर, १ मंसिर। नेपाल चार्टर्स एकाउन्टेन्टसको आयोजना तथा नेपाल अडिटर्स एशोसियसन दाङको सहआयोजनामा सहकारी संस्थाको लेखापरिक्षण प्रक्रियामा क्षमता विकाश तालिम सम्पन्न भएको छ ।
नेपाल अडिटर्स एशोसियसन दाङ जिल्लाका अध्यक्ष ललित घर्तीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष अव्दुल करीम खाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खाँले सहकारी संस्थाको लेखापरीक्षणको महत्व तथा लेखापरीक्षणको क्रममा देखा पर्ने विभिन्न समस्याको वारेमा अन्तरक्रिया छलफलबाट लेखापरिक्षकको क्षमता विकाश हुने बताएका थिए ।
त्यसैगरी अध्यक्ष घर्तीले लेखापरिक्षणको शिससिलामा आइपर्ने समस्याका र लेखापरिक्षकको क्षमता विकाशका लागि तालिमको आयोजना गरेको भन्दै यो तालिम उपयोगी हुने बताए ।
उनले यस तालिमले लेलापरिक्षकहरुमा सहकारी संस्थाको प्रभावकारी लेखापरीक्षण हुन सक्ने अपेक्षा राखीएको बताए ।
कार्यक्रममा तालिमको प्रमुख प्रशिक्षकमा चार्टर एकाउन्टेन्टस आनन्द श्रेष्ठ, विशिष्ट अतिथि विरेन्द्रबहादुर महरा, अनुप थापालगायतले बोलेका थिए । तालिममा ४२ जना लेखापरिक्षकहरुको सहभागीता रहेको थियो ।
नेपाल अडिर्टस एशोसियसन दाङका जिल्ला उपाध्यक्ष अमर गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव हरिबहादुर केसीले गरेका थिए ।