२०८१ माघ १३ गते आइतवार

प्यूठानमा बसको ठक्करबाट वृद्धको मृत्यु

प्यूठान : प्यूठानमा बसको ठक्करबाट वृद्धको मृत्यु  भएको छ ।

बिहीबार राति झिमरूक गाउँपालिका ३ सिम्लेनीमा बसले ठक्कर दिँदा सोहि ठाउँका ६० वर्षीय खिमबहादुर महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

 

महत सडकमा हिँडिरहेको समयमा बादिकोटबाट झिमरूक गाउँपालिका–५ मच्छी आउँदै थिए । लु १ ख ७३९२ नम्बरको बसले ठक्कर दिएको प्रहरी निरीक्षक जिसीले बताए ।

 

मृतक महतको शबलाई जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टमका लगिएको छ । थप अनुसन्धानको लागि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *