२०८१ असोज २४ गते बिहिवार

बोनम्यारो रोगबाट पीडित पत्रकार शर्माको उपचारका क्रममा निधन

सुर्खेत,२८ कार्तिक । करीब ५ वर्षदेखि सुर्खेतमा सक्रिय पत्रकारिता गरिरहेका दैलेखका पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव समेत रहेका पत्रकार शर्मा बोनम्यारो रोगसँग ७ महिनाअघिदेखि लड्दै आइरहेका थिए ।

बहिनी नानकला शर्माको बोनम्यारो प्रत्यारोपण गर्ने क्रममा विहीबार काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो ।

पत्रकार शर्मा स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *