तुलसीपुर,२८ कार्तिक
यहि कार्तिक २६ गते राप्ती बबई क्याम्पस तुलसीपुरमा नेविसघंका अरुण लहरे र अनेरास्ववियुका रविन वलीका बीचमा व्यक्तिगत कुरामा भएको सामान्य विवादको विषयलाई लिइ राजनीतिकरण नगर्न नेविसघं दाङले आग्रह गरेको छ ।
उप–निर्वाचनको पुर्व सन्ध्यामा व्यक्तिगत कुरालाई राजनीतिक रङ नदिन र कुनै पनि संगठन तथा पार्टीको बदनाम गर्ने कार्य तत्काल रोक्न सम्वन्धित पक्षलाई आग्रह गरिएको नेविसघं दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकीले जानकारी दिए ।
प्रेस विज्ञप्ती जारी गर्दे नेविसघं दाङले व्यक्तिगत घटनालाई आफ्नो संगठन र पार्टीसंग जोडेर भइरहेको बक्तव्यबाजी तथा मिडियाबाजी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकारको व्यक्तीगत रिसिवीलाई पार्टी वा सगंठनसगं नजोड्न जोरदार माग गर्दछौँ,–प्रेस विज्ञप्तीमा भनिएको छ । यदि यस्ता समाचार बारम्वार दोहोरिएको खण्डमा नेपाल विद्यार्थी सघं चुप लागेर नसस्ने जानकारी गराउदछौँ ।
साथै क्याम्पस भित्र भएको विवाद प्रति सगंठन पनि गम्भिर रहेको नेविसघं दाङले जनाएको छ ।