२०८३ बैशाख ८ गते मङ्गलवार

सल्यानमा स्वतन्त्र सहित पाँचजनाको उम्मेदवारी

सल्यान, कात्तिक २७ ।  उपनिर्वाचनका लागि सल्यानको एक वडा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयभित्र दुईजना स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षका पदका लागि मंसिर १४ गते उपनिर्वाचनमा पाँच जनाको बीचमा प्रतिपर्धा हुने निश्चित जस्तै भएको छ ।

तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि त्यहाँ वडा अध्यक्षको पद रिक्त थियो । उक्त पदमा नेपाली काँग्रेसबाट खड्कबहादुर बोहरा, नेकपाबाट धर्मे बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका छन् ।

यहाँ त्रिबहादुर गिरी र दलबिर बस्नेतले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसले बोहरालाई दोहोर्याएको छ । २०७४ को निर्वाचनमा पनि बोहोरा अध्यक्ष पदमा भिडेका थिए । वडामा १ हजार ८३९ जना मतदाता छन् ।

यहाँ एउटा मतदान स्थल रहेको छ भने त्यसअन्तरगत ‘क’ र ‘ख’ गरि दुईवटा मदतान केन्द्र कायम गरिएको छ । यसअघिका वडा अध्यक्ष बुढाथोकी तत्कालिन नेकपा माओवादीबाट निर्वाचित भएका थिए

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *