दाङ,कात्तिक २७ । स्थानीय तहको मनोनयन दर्ता गर्न नेपाली काँग्रेसका कार्यकर्ता बाजागाजासहित उत्साहाका साथ पुगेका छन् ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ । जसका लागि निर्वाचन कार्यालय घोराहीले बुधवार मनोनयन दर्ताको समय तोकेको छ ।
निर्वाचन कार्यालयले उपलब्ध गराएको समयमा नेपाली काँग्रेसका नेताहरु उत्साहका साथ नाच्दै गाउँदै घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका छन् ।
घोराही स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयवाट सयौं कार्यकर्ता र अग्रज नेताहरु नाराजुलस र बाजागाजासहित जानथालेपछि केहीबेर त्यसक्षेत्रमा ट्राफिकलाई यातायात व्यवस्थापन गर्न सकस भएको देखिन्थ्यो ।
साना दलहरु पनि दलबलसहित मनोनयन दर्ता गर्न पुगेका छन् भने नेकपाले पनि शक्ति प्रदर्शनका साथ मनोनयन दर्तागर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार