२०८१ माघ ३ गते बिहिवार

तुलसीपुरमा नेविसंघको प्रर्दशन

यमकला भुसाल,तुलसीपुर, कार्तिक २७ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले बुधवार तुलसीपुरमा विरोध प्रर्दशन  गरेको छ । एकतर्फी रुपमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेविसंघको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

ब्यानर र विभिन्न प्लेकार्ड बोकेर पर्दशनमा सहभागि सयौं विद्यार्थीले भारतको अतिक्रमण विरुद्ध चर्का नारावाजी गरेका थिए । ‘सीमा मिच्न पाइदैन,यस्ता छिमेकी चाइदैन, लिम्पियाधुरा,कालापानी,लिपुलेख हाम्रो हो’ जस्ता नाराबाजी गरेका थिए ।

 

 

तुलसीपुर क्षेत्रमा रहेका माविहरु ग्रेट अरनीको,राप्ती बबई क्याम्पस ,ज्ञानज्योती,गोरखा मावि लगाएतबाट दर्जनौं विद्यार्थी प्रर्दशनमा आएका थिए ।

तुलसीपुरको वीपी चोकमा आयोजित सभालाई सम्वोधन गर्ने बक्ताहरुले नेपाली भूमी समावेश गरिएको भारतको नयाँ नक्सा विरुद्ध सरकारले तत्काल कदम चाल्नु भन्दै सचेत तुल्याएका छन् । उनीहरुले भारतलाई तत्काल नक्सा सच्याउन माग पनि गरेका छन् ।

नेपाल विद्यार्थी सघं दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ दाङका सदस्य सुवास डिसी,घनश्याम भण्डारी,राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सभापति अनिल कार्की,क्याम्पसका इकाई सभापति बशन्त बस्नेत, नेविसघं तुलसीपुर उपमहानगरकाका सयोजंक राजिव पाण्डे,विद्यार्थी नेता जितेन्द्र प्रकाश वली, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगाएतले राष्ट्र र राष्ट्रियता सरक्षण गर्न सबै सेचत नागरिक एक हुनुपर्ने बताएका थिए ।

उक्त कार्यक्रमको सहजीकरण नेपाल विदार्थी सघं दाङका सदस्य किरण केसीले गर्नुभएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *