दाङ,कात्तिक २७ । ट्रकको ठक्करवाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं। ४ अर्नहवा निवासी ३० बर्षीय मोहमद रफिक मुसलमानको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं.५ स्थित सुनखोली नजिकै मुुसलमानलाई ट्रकले ठक्कर दिएको थियो ।
गम्भीर घाइते मुसलमानलाई स्थानीय अस्पतालको उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर पु¥याइएकोमा त्यही मृत्यु भएको प्रहरीले बताएको छ ।
ठेलामा चटपटे लिएर विक्रि गर्नको लागि बजार तर्फ जाँदै गरेको समयमा मुसलमानलाई लु २ ख १३७६ नम्वरको ट्रकले मंगलवार विहान ८ बजेतिर ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार