२०८२ असार ३० गते मङ्गलवार

स्कुल बसले किचेर डेढ बर्षीय बालकको मृत्यु

तुलसीपुर,कार्तिक २५ । दाङको तुलसीपुरमा स्कुले बसले किचेर एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ३ राणा गाउँ निवासी लालबहादुर विकका डेढ वर्षको छोरा राजकुमार विकको आइतवार बिहान किचेर मृत्यु भएको हो ।

बाबुले एक छोरालाई स्कुल बसमा चढाउँदै गर्दा अर्का छोरा राजकुमार बस मुनि पुगेको र त्यही क्रममा बस गुडेपछि किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।

त्यो बस ग्रिन टप बोडिङ् स्कुल दमारगाउँको रहेको प्रहरीले जानकारी दिएको छ ।  बस चालकलाई प्रहरीले निणन्त्रणमा लिएको छ ।

घटनावारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *