२०८२ असार २७ गते शनिवार

तुलसीपुरका १० वटा अध्यक्षको अल्टिमेटम – ‘२४ घन्टा भित्रै १३ नं.वडाको ताला नखोले उपमहानगनगरमै तालावन्दी गर्छौं’

सुशिल बस्नेत, तुलसीपुर, कात्तिक २५ ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा लगाएको ताला सोमबारको मितिले २४ घण्टा भित्र नखोलिए उपमहानगरपालिकामा तालाबन्दी गर्ने चेतावनी तुलसीपुरका १० जना वडा अध्यक्षहरु दिएका छन् ।

सोमबार बिहान तुलसीपुरमा भेला भएका १० वटा वडाका वडा अध्यक्षहरुले वडा नम्वर १३ कार्यालयमा गरिएको तालावन्दी तत्तकाल र विना सर्त खोल्न आग्रह गरिएको छ । यदी त्यहाको ताला नखोले २४ घन्टा भित्रै तुलसीपुर उपमहानगरपालिकामा तालावन्दी गर्ने वडा अध्यक्षहरुले चेतावनी दिएका छन् ।

यसैबीच तुलसीपुर वडा नं। १३ मा नेकपाका नेताहरुले गरेको तालावन्दीको समस्या समाधान गर्न उदेश्यले नगरप्रमुख घनश्याम पाण्डेसग बार्ता र सम्वाद गर्न एक समिति पनि गठन गरिएको छ ।
तुलसीपुर वडा नम्वर ७ का वडा अध्यक्ष टोपबहादुर केसीको संयोजकत्वमा गठित उक्त समितिमा वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल र वडा नम्वर १० का अध्यक्ष कुमार लामिछाने सदस्य रहेका छन् । उक्त तीन सदस्य वार्ता समितिले तत्कालै नगरप्रमुख र उपप्रमुख संग वडा नं.१३ मा नेकपाका नेताले गरेको तालावन्दीको बारेमा जानकारी गराउने तथा समस्या समाधानको लागि पहल गर्ने निर्णय गरेको छ ।

वडा नम्वर १३ का अध्यक्ष डम्वरबहादुर न्यौपानेले तुलसीपुरका मेयर घनश्याम पाण्डेको निर्देशनमा नेकपाका नेताहरु गएर वडा कार्यालयमा तालावन्दी गरेको आरोप लगाए ।  आइतवार मध्यान्ह १२ बजेतिर दलबल सहित पुगेका नेकपाका नेताहरुले सडक निर्माण उपभोक्ता समितिमा आफुहरुको समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै वडा कार्यालयमा तालावन्दी गरेको वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौंपानेले नेकपाको वडा अध्यक्ष पदमा आफुसंगै प्रतिपर्धा गरेका मोहन पौडेलको नेतृत्वमा आएको टोलीले वडा कार्यालयका ३ वटै कोठामा तालावन्दी गरेको बताए । वडा कर्यालयमा तलावन्दी गर्न नेकपाका वडा नं। १३ का अध्यक्ष हुमबहादुर नेपाली पनि गएका थिए । नेपाली रनियापुर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षपनि हुन ।

वडा कार्यालयमा ताला लगाउन उक्त विद्यालयका शिक्षक काँशीराम खड्का, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवबहादुर विक समेत गएको वडा अध्यक्ष न्यौैंपानेले बताए । ‘हामीलाई कोठा भित्रै थुन्लान झैं गरेका थिए,’ वडा अध्यक्ष न्यौंपानेले भने ‘ वडाका तीन वटै कोठामा ताला लगाइदिए पछि सचिव लगाएका सबै कर्मचारी दिनभर बाहिरै बसेर फर्किनु भयो।’

फूलवारी अन्तरगत राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने २ सय ९० मिटर सडक खण्ड कालोपत्रे गर्न गत आर्थिक वर्ष २०७५÷०७६ मा वडाको ४० लाख बजेट छुट्याइएको थियो । त्यो सडक निर्माण गर्न गत असारमा रामबहादुर देवकोटाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

९ सदस्य उक्त उपभोक्ता समितिको सचिवमा तिर्थराज चौधरी, कोषाध्यक्ष स्यानी चौधरी र अन्य सदस्यहरु छन् । उक्त उपभोक्ता समिति अन्तगरगत अनुगमन समितिको संयोजकमा कालिकाप्रशाद पौडेल छन् । त्यसमा नेकपावाट शान्ता वली र तीर्थराज चौधरी समेत अनुगमन समितिमा छन् । राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने सडक निर्माणको लागि यही कात्तिक महिनामा स्टिमेट समेत भइसकेको छ ।

तर आज आएर नेकपाले सडक निर्माण गर्न गठित उपभोक्ता समितिमा आफ्नोपनि भागवण्डा खोजेपछि समस्या उत्पन्न भएको छ । ताला लगाउन गएका मध्य एक वडा अध्यक्ष पदका प्रत्यासी मोहन पौडेलेपनि गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै त्यसमा नेकपालाई बाईपास गरिएको भन्दै विरोध जनाए ।

त्यस्तै उनले वडा नं। १३ मा ३ वटा मन्दिरहरु रहेको भएपनि ती मन्दिरहरुलाई एक रुपैंयापनि बजेट नदिएर वडा नं। १२ स्थित सितलपुर मन्दिरलाई ३ लाख रुपैंया बजेट दिएको भन्दै विरोध गरे । नेकपाका नेता पौडेलले वडा कार्यालयमा ताला लगानु पर्नाको अर्कौ मुख्य कारण संगिता विकको उपचारको लागि वडाले बजेट नछुट्याउनुलाई पनि अथ्र्याए । विक केही समय पहिले घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिना पुग्दा घाइते भई हाल काठमान्डौंमा उपचाररत छिन ।

तुलसीपुर वडा नं। १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले भने सडक निर्माणमा नेकपाले भागवण्डा खोजेर विकाश निर्माणमा अवरोध सृजना गर्न खोजेको बताए ।

‘काँग्रेले गर्न थालेको विकाश निर्माणमा बाँझो हाल्न र काम हुन नदिने विकाश विरोधी सरकार निकटका तत्वहरुले चलखेल गर्दै भागवण्डा खोज्नु आँफैमा हाँस्याष्पद हो,’ वडा अध्यक्षले भने । उनले कुनैपनि बाहानामा विकाशमा भाँजो हाल्ने खेल भए त्यो सैह्य नहुने चेतावनी पनि दिए ।

यसैबीच नेकपाले गरेको तालावन्दीका कारण वडा कार्यालयको सेवा प्रभाबित भएको छ । कर्मचारीहरु बाहिरै बस्न बाध्य भएका छन् । सेवाग्राहीहरु वडा परिसरमा अन्यौंलग्रस्त अवस्था छन् ।

 

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *