२०८१ बैशाख ८ गते शनिवार

रोल्पामा एक वडा अध्यक्षको हृदयघातबाट मृत्यु

दाङ,कात्तिक २४। रोल्पामा एकजना वडा अध्यक्षको निधन भएको छ । जिल्लाको सुनिल स्मृती गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्ष जेदबहादुर विष्टको ६२ बर्षको उमेरमा शनिवार हृदयघातका कारण निधन भएको छ ।

उनी नेपाली काँग्रेसको तर्फवाट गत निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । शुक्रवारराति सकुशल सुतेका विष्ट शनिवार विहान विस्तारामै मृत अवस्थामा फेला परेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

शनिबार नै हिन्दु परम्परा अनुसार सुनिल स्मृती गाउँपालिका वडा नं. ३ मिझिङस्थित विष्टको घर नजिकै हिन्दुपरम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो ।

हृदयघात वाट निधन भएका वडा अध्यक्ष विष्टको अन्तेष्टि कार्यमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, नेपाली कांग्रेस रोल्पाका कार्यबहाक सभापति किशोर आचार्य, लुङग्री गाउँपालिका प्रमुख दुर्गा खड्का, सुनिल स्मृती गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्री लगायतका जनप्रतिनिधि आफन्त, शुभचिन्तक तथा अन्यपार्टीका नेताहरु पनि पुगेका थिए ।  स्वर्गिय बिष्टका श्रीमती, एक छोरा र तीन छोरी छन्।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *