Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


उपचारका लागि सहयोगको अपिल



घोराही, कार्तिक २३ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ८ झिंगा निवासी ३३ बर्षीया दिलमाया पुन मगरले उपचारमा सहयोग गर्न अपिल गरेकी छन् । दुबै मृगौलाले काम गर्न छोडेपछि भक्तपुरको मानव अंग प्रत्यारोपण अस्पतालमा उपचार गराइरहेकी पुनले उपचारमा सहयोग गर्न अपिल गरेकी हुन् । उपचारमा ११ लाख रुपैयाँ खर्च भएको भन्दै पुनले आर्थिक अभावमा उपचार समस्या भएको बताइन् ।

माघ महिनादेखि मृगौलाको डायलासिस गराई रहेको श्रीमान खिमानसिंह पुन मगरले जानकारी दिए । मृगौला प्रत्यारोपणका लागि १० लाख खर्च हुने भन्दै आर्थिक सहयोग गरिदिन खिमानसिंहले सबैमा अनुरोधसमेत गरेका छन् । यसैबीच नेपाल मगर संघ दाङले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरले खिमानसिंहलाई रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal