२०८१ बैशाख ८ गते शनिवार

संभावित पातुखोला हाइड्याम निर्माण स्थल निरिक्षण


दाङ,कात्तिक २२ । तुलसीपुर क्षेत्रमा सिंचाई र पिउने पानीको प्रवन्धका लागि अति आवश्यक ठानिएको संभावित पातुखोला हाइड्याम निर्माण स्थलको रिनक्षण गरिएको छ । उच्च सरकारी अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले तुलसीपुर ३ पातुखोला क्षेत्रको शुक्रवार निरिक्षण गरेका हुन ।

संभावित पातुखोला हाइड्याम निर्माण स्थलको निरिक्षण गर्न प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, खानेपानी मन्त्रालयका सचिव माधव बेलबासे, मन्त्रालयका आयोजना प्रमुख शालिकराम पौडेल, नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्का, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारी लगाएको टोलीले पातुखोलाको मुहान क्षेत्रको स्थलगत अनुगमन गरेको । अनुगमन पछि मन्त्रालयका सचिव बेलवासेले सरसर्ती नियाल्दा उक्त क्षेत्र हाइड्याम निर्माण गर्न उपयुक्त क्षेत्र देखिएको प्रतिक्रिया दिदै काम डिपिआरको लागि काम अगाडि बढाउने जानकारी दिए ।

हाइड्याम निर्माण नगरे भविस्यमा दाङ मरुभूमी बन्ने खतरा
जिल्लाका पातुखोला, ग्वारखोला, गुर्जेखोला लगाएका ठारा खोलाहरुमा हाइड्याम निर्माण गरि पानी संरक्षण गर्न ध्यान नदिने हो भने भविस्यमा दाङ मरुभूमी बन्ने खतरा रहेको सरोकारवालाहरुले औंल्याएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा शुक्रवार भएको छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो चिन्ता जाहेर गरेका हुन । दिनानु दिन जनसंख्या बृद्धि हुँदै गएको , शहरीकरण बढ्दै गएको भएपनि पानीको स्रोत भने दिनानुदिन सुक्दै जानुले पानी भण्डारणमा ध्यान नदिए तुलसीपुर क्षेत्रको भविस्य संकटमा पर्ने सरोकारवालाहरुले चिन्ता जाहेर गरेका हुन ।

प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, खानेपानी मन्त्रालयका सचिव माधव बेलबासे, तुलसीपुरका मेयर घनश्याम पाण्डे, मन्त्रालयका आयोजना प्रमुख शालिकराम पौडेल, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्का, तुलसीपुर खानेपानी उपभोक्ता समितिका सल्लाहाकारहरु टोपबहादुर शाह, शंकरप्रशाद पौंडेल लगाएतले त्यस्तो चिन्ता जाहेर गरेका हुन । तुलसीपुर क्षेत्रमा खानेपानी र सिंचाईको प्रवन्ध गर्न स्थानीय खोलाहरुमा हाइड्याम निर्माण, बबईवाट पानी लिफ्टिङ,विभिन्न स्थानमा ताल तलैया निर्माण गर्न आवश्यक रहेको बक्ताहरुले बताए । कार्यक्रम तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव मनोज लामिछानेले गरेको थिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *